आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा स्वयंसेवक खटिएकोबारे प्रश्न उठेपछि  मातहतका कमिटीलाई रास्वपाले दियो यस्तो निर्देशन

बुधबार, २४ साउन २०८०, २० : १२
बुधबार, २४ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा स्वयंसेवक खटिएकोबारे प्रश्न उठेपछि  मातहतका कमिटीलाई  स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमतिमा मात्र खटिन निर्देशन दिएको छ । 

बुधवार रास्वपाका महामन्त्री एवं प्रवक्ता  मुकुल ढकालले विज्ञप्ति जारी गर्दै र्यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा परेकाको  उद्धारका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन निर्देशन दिएका हुन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले बुधवार मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिएका थिए । 

“अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ”, रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ ।”

आरएटी टिमले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्दै आएको रास्वपाले जनाएको छ । जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्ने पार्टीका प्रवक्ता ढकालले बताए ।

rr 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप