आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

च्याउ टिप्न जङ्गल गएका मजदुर मृत फेला

बिहीबार, २५ साउन २०८०, ०८ : ४०
बिहीबार, २५ साउन २०८०

सुर्खेत । वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् । मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ वर्षीय विष्णु रैदास रहेका छन् ।

उनी बुधबार आफूसँगै काम गर्ने अन्य ८ जना साथीहरूसँग च्याउ टिप्न भनी जङ्गल गएका थिए । वीरेन्द्रनगर नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथीहरू घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप