आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हाथवे इन्भेष्टमेन्टको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

बिहीबार, २५ साउन २०८०, ११ : २०
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको वैदेशिक रोजगारीतर्फ बिक्री खुल्ला गरिएको प्राथमिक सेयर (आईपीओ) को बिहीबार बाँडफाँड भएको छ । गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १४ हजार ६२५ जना आवेदकहरुले २० कित्ताका दरले सेयर हात पारेका छन् ।  

कम्पनीको आईपीओका लागि कूल २७ हजार २३६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 

कम्पनीको सेयर बिक्री तथा प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप