आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहले गौर हत्याकाण्ड पीडितसँग गरेको सम्झौताप्रति माओवादी नेता शर्मा आक्रोशित

बिहीबार, २५ साउन २०८०, १५ : ५३
बिहीबार, २५ साउन २०८०

जनकपुरधाम । गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितहरूसँग गरेको सम्झौताप्रति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आक्रोश व्यक्त गरेका छन् ।

गृह मन्त्रालयले गत सोमबार पीडितहरूसँग दोषीलाई कारबाही गर्ने लगायतका सम्झौता गरेपछि उनी आक्रोशित बनेका हुन् । उक्त घटनामा नेता शर्माविरुद्ध पनि जाहेरी दर्ता छ ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा रहेका माओवादी नेता शर्माले आफ्नो फेसबुक पेजमा गौर हत्याकाण्डको मुख्य दोषी नै प्रभु साह रहेको आक्षेप लगाउँदै लेखेका छन्,‘प्रभु साहको घमन्ड, अहङ्कार र उच्च राजनीतिक महत्त्वाकाङ्क्षा, गृह प्रशासनको मौनता र परिवर्तन विरोधी शक्तिको चलखेलको समग्र परिणाम नै गैर हत्याकाण्ड हो !'

उक्त घटनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शर्मासहित १ सय ३० जनामाथि कारबाही माग गर्दै जाहेरी दिइएको छ । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको उक्त घटनामा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप