आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र कीर्ते प्रकरण

शर्मा पक्राउसम्बन्धी पत्र बोकेर सीआईबीका एसपी संसद सचिवालयमा

बिहीबार, २५ साउन २०८०, १७ : २३
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ ।  सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएकोबारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय  सिंहदरबार पुगेका हुन् । 

सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो । प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो । 

कांग्रेस नेता तथा सांसद समेत रहेका उनीसहित सो अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप