आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति-प्रधानमन्त्रीबीच भेट, के- के विषयमा भए छलफल ?

बिहीबार, २५ साउन २०८०, २० : ५७
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् ।  भेटमा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 
 

प्रधानमन्त्री साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय आएको उनको भनाइ छ । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरेका थिए ।

प्रधानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप