आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भोटाहिटीस्थित स्टोरमा आगलागी

बिहीबार, २५ साउन २०८०, २२ : ०२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ स्थित भोटाहिटीको एक स्टोरमा आगलागी भएको छ । भोटाहिटीस्थित मथुराम राकेश श्रेष्ठको घरको पाँचौ तलामा रहेको स्टोरमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । त्यहाँ कपडा र भाँडाकुडाको स्टोर थियो । सो स्टोर मोहम्मद रयामास्दले सञ्चालन गरेका हु्न् ।  

 घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी वृत जनसेवाका डीएसपी भेषराज रिजाल नेतृत्वको टिम खटिएको थियो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप