आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरक्षपीडित र भूमिहीनको समस्या समाधान गरिन्छ : परराष्ट्रमन्त्री साउद

शुक्रबार, २६ साउन २०८०, ०६ : ३७
शुक्रबार, २६ साउन २०८०

कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गर्न गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भूमिहीनको समस्या समाधानका नाममा ३१ ओटा आयोग गठन गरेको पनि बताए। 

उनले थपे, 'विभिन्न समयमा अयोगहरु बने र अर्बौ रूपमा खर्च भए पनि समस्या जस्ताको त्यस्तै भएकाले मैले ३२ औं पटक आयोग गठन गर्नु नपर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा गरेको छु, त्यस्तै भूमिसुधार मन्त्री र वन मन्त्रीसँग पटकपटक छलफल गरेको छु।'

गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले एक फरक प्रसंगमा कार्यकर्ता इमानदार बने नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले गर्न नसक्ने पनि बताए । 

उनले थपे, 'पार्टीले इमानदार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ गर्नुहुँदैन।' उनले आफू निर्वाचित हुँदा कंचनपुर २ का लागि महत्त्वपूर्ण काम गरेको र यसपटक पनि आफू सक्दो काम गर्ने वचनबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप