आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो, चाँदीको कति ?

शुक्रबार, २६ साउन २०८०, ११ : २२
शुक्रबार, २६ साउन २०८०

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप