आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सभामुख र अध्यक्षसँग छलफल

लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्छ : राष्ट्रपति

शुक्रबार, २६ साउन २०८०, १५ : ००
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने बताएका छन् । संसदको जारी गतिरोधबारे सभामुख र राष्ट्रियसभा अध्यक्षसँग शुक्रबार शीतलनिवासमा छलफल गर्दै राष्ट्रपतिले दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न आग्रह गरे । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले छलफलका क्रममा संसद्को गतिरोधप्रति राष्ट्रपतिले चासो राखेको बताए । ‘राष्ट्रपतिज्यूले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभयो’, पोखरेलले भने । 

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएको उनको भनाइ छ । 

गत साउन १० गतेदेखि प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।  छलफलका क्रममा घिमिरे र तिमल्सिनाले सदन खुलाउन निरन्तर पहल भइरहेकाले छिट्टै निकास निस्कने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप