आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

बैठक सुरु हुनेवित्तिकै प्रतिनिधिसभा बैठक अवरुद्ध

शुक्रबार, २६ साउन २०८०, १३ : २६
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । 

साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् ।

सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप