आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २६ साउन २०८०, १३ : ४३
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएका थिए ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् । 

सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका थिए । अवरोधपछि बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । 

samsd (1)samsd (2)samsd (3)samsd (4)samsd (5)samsd (6)samsd (7)samsd (8)samsd (9)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप