आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सदन अवरोध भएको समयको सेवा सुविधा नलिने रास्वपाको घोषणा

शुक्रबार, २६ साउन २०८०, १४ : २२
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।  

रास्वपा अध्यक्ष समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने लिति जानकारी गराएका हुन् ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । गत साउन १० यता लगातार संसद बैठक अवरुद्ध हुदै आएको छ ।

तस्करीको झण्डै एक क्विन्टल सुनबारे उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ ।

raswapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप