आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप तीन वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स

शुक्रबार, २६ साउन २०८०, १४ : ३७
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई धितोपत्र दलाल अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । 

साउन २४ गते बसेको बोर्डको बैठकले प्रक्रिया पु¥याएर आवेदन दिएका जे.बि.एन.एल. सेक्युरिटिटिज लि., आर.वि.वि.सेक्युरिटीज कम्पनी लि. र सि.वि.आई.एल.सेक्युरिटीज लि.लाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहने दुई वटा ब्रोकर कम्पनी र एउटा ललितपुरमा कार्यालय रहने कम्पनीलाई सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिइएको धितोपत्र बोर्डले जनाएको छ । 

यसअघि कम्पनी तीन पटक गरेर १७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । योसँगै थप नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुको संख्या २० पुगेको छ । 

पहिलो पटक धितोपत्र बोर्डले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेकोमा ४५ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका छन् । 

sebon

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप