आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न जसपाको माग

शुक्रबार, २६ साउन २०८०, २२ : ००
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सो पार्टीले यस्तो माग गरेको हो ।

साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ । 

जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे । 

२०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

jasapa1jasapa2jasapa3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप