आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शुक्रबारदेखि जसपाको नयाँ विधान कार्यान्वयनमा

शुक्रबार, २६ साउन २०८०, १६ : २०
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान  कार्यान्वयनमा  आएको छ । पार्टीको गत असार १० देखि १२ गतेसम्म काठमाडौँमा सम्पन्न विधान अधिवेशनबाट पारित विधान शुक्रबारदेखि लागू भएको हो । 

असार २५ गते पार्टी विधानलाई निर्वाचन आयोगद्वारा अभिलेखिकरण गरिएसँगै विधान क्रियाशिल भएको हो । यस अघिको अन्तरिम विधान खारेज भइसकेको हुँदा पार्टी सम्बन्धित सम्पूर्ण कार्यहरु यसै विधान अनुरुप हुने गरी कार्यहरु गर्न गराउन पार्टीले शुक्रबार मातहत समितिलाई निर्देशन जारी गरेको छ ।
पार्टीले विधान अधिवेशनबाट आफ्नो झण्डा र लोगो फेरेको छ । पार्टीको साङ्गठनिक संरचना संघीय प्रणाली अनुरुपका श्रृङ्खलाबद्ध समिति प्रणालीमा आधाारित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

विधानमा राष्ट्रिय महाधिवेशन , विशेष महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहरु, प्रदेश अधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति र प्रादेशिक निकायहरु, पहिचानमा आधारित प्रादेशिक संरचना र स्थानीय समितिको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप