आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका ह्विस्की बजारमा

शुक्रबार, २६ साउन २०८०, १६ : २२
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ ।  विश्व प्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई उत्पादन सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् । 

सिग्नेचर कम्पनीका अन्य  पेयहरु पनि नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा बिक्री हुँदै आएकाका नयाँ उत्पादन पनि थपिएको हो । 

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जस मध्ये एन्टिक्यटुी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की , सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड्का , ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन्  । 

केहि समय अघि नेपाल लिकर्सले स्मिरनफ भोड्का पनि नेपाली बजारमा ल्याएको थियो ।  यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्रात्र्याएको हो ।  हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर , ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप