आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गजल

हेर्नुछ आज

शनिबार, २७ साउन २०८०, ०६ : ३८
शनिबार, २७ साउन २०८०

खाएको कसम तोड्छन्–तोड्दैनन् हेर्नुछ आज ।
भट्टी चहार्न छोड्छन्–छोड्दैनन् हेर्नुछ आज ।।

भन्न त भने हुन्छौँ ‘रूपान्तरण’ दिल खोलेर
आफ्नै ‘भुँडी’ फोड्छन्–फोड्दैनन् हेर्नुछ आज ।।

मौलाएको छ ‘ऐँजेरु–वनमारा’ उनको बारीमा
एकचित्त भई गोड्छन्–गोड्दैनन् हेर्नुछ आज ।।

लागेका थिए बाटो बिराउन ती ‘बटुवा’ले
फर्केर पाइला मोड्छन्–मोड्दैनन् हेर्नुछ आज ।।

बाबाको अर्ती भुलेर आपसमा फुटे ऐनाझैँ
फेरि सम्बन्ध जोड्छन्–जोड्दैनन् हेर्नुछ आज ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डबल महतारा
डबल महतारा
लेखकबाट थप