आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्व अर्थतन्त्र

चीनमा मूल्य घट्दा विश्वलाई किन चिन्ता ?

शनिबार, २७ साउन २०८०, ०६ : ५२
शनिबार, २७ साउन २०८०

बेइजिङ । चीनको अर्थतन्त्रले नयाँ समस्याको सामना गरिरहेको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक यस वर्षको जुलाईमा देशमा उपभोग्य वस्तुको मूल्य सामान्यभन्दा कम भएको छ ।
 
मुद्रास्फीति मापन गर्ने उपभोक्ता सूचकांका अनुसार गत महिना वस्तुको मूल्य अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशतले घटेको छ ।
 
देशले डिफ्लेसन वा अपस्फीतिको अवस्था सामना गरिरहेको छ । डिफ्लेसन तब हुन्छ जब बजारमा सामानको माग कम हुन्छ, या त आवश्यकता भन्दा बढी उत्पादन हुन्छ वा उपभोक्ता पैसा खर्च गर्न चाहँदैनन्।
 
बजारमा माग बढाउन र आन्तरिक बजारमा स्थायित्व ल्याउन चीनलाई दबाब परेको विज्ञहरू बताउँछन् ।


 
यसअघि अगस्ट ८ मा चीनको आयात–निर्यातको प्रतिवेदन आएको थियो, जसमा पछिल्लो महिना मुलुकको आयात–निर्यात दुवै न्यून रहेको उल्लेख गरिएको थियो ।
 
यसपछि प्रश्न उठ्न थाल्यो - कोभिड महामारीपछि देशको अर्थतन्त्र सोचे जस्तो गतिमा उभिरहेको छैन रु वा यो पछिल्लो समय चीनले आर्थिक स्थितिमा ठूला परिवर्तन ल्याउने नीतिको परिणाम होइन ?
 
सस्तो चिनियाँ सामान विश्व बजारमा पुगेमा अन्य देशका कम्पनीमा नकारात्मक असर पर्नेछ । जसका कारण धेरै देशमा बेरोजगारी बढ्नेछ । यसले कम्पनीको नाफामा पनि असर गर्छ ।
 
चीन सामु चुनौतीहरू
 
कोभिड महामारीसँग लड्न चीनले सन् २०२० मा निकै कडा प्रतिबन्ध लगाएको थियो । विश्वका सबै देश महामारीको प्रभावबाट बाहिर आए र क्रमशः अवस्था सामान्य हुन थाल्दा चीनको अर्थतन्त्र संकटसँग जुधिरहेको छ ।
 
एकातिर महामारीका कारण आपूर्ति शृङ्खला ठप्प भएको थियो भने चीनको घरेलु बजार पनि लगभग ठप्प थियो । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा अमेरिकालगायत केही देशले चीनसँग व्यापार सम्बन्ध तोड्ने कुरा गरिरहेका थिए ।
 
मंगलबार अधिकारीहरुले देशको आयात–निर्यातको तथ्यांक सार्वजनिक गरे । यसअनुसार गत वर्षको जुलाईको तुलनामा यस वर्षको जुलाईमा चीनको निर्यात १४.५ प्रतिशतले घटेको छ भने आयात पनि १२.४ प्रतिशतले घटेको छ ।
 
चीनका स्थानीय सरकारहरू ऋणमा डुबेका छन् । नियामकहरूले भ्रष्टाचार रोक्न कम्पनीहरूलाई क्र्याक डाउन गर्ने प्रयास गरिरहेका छन् भने युवा बेरोजगारी रेकर्ड स्तरमा छ।

5ef8fc00-3793-11ee-b7ce-eb6181af7881
 
कतिपय विज्ञहरू यी तथ्याङ्कहरू चिन्ताको कारण हुनसक्ने विश्वास गर्छन्। यदि यो अवस्था अझै केही समय जारी रह्यो भने यो वर्ष चीनको आर्थिक वृद्धिदर कम हुनसक्छ । देशमा खर्च पहिले नै कम छ, त्यसले उत्पादन पनि घटेर बेरोजगारी बढ्न सक्छ ।
 
तर, यो पनि सत्य हो कि अहिले चीनले घरेलु स्तरमा पनि धेरै उथलपुथलको सामना गरिरहेको छ ।
 
त्यहाँको घर जग्गा बजार केहि समय देखि समस्याग्रस्त छ । देशको सबैभन्दा ठूलो घर जग्गा कम्पनी एभरग्रान्ड बैंक क्रप्ट हुने कगारमा छ र सरकारले यस क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ।
 
कोभिड महामारीपछि सन् २०२० मा चीनको लगभग स्थिर वृद्धि दर ह्वात्तै घट्यो र एक वर्ष अघिको ६।० बाट २।२ मा रोकियो । यसपछि यसको अर्थतन्त्र उकालो लाग्यो र २०२१ मा ८.४ पुग्यो।
 
विश्व बैंकका अनुसार गत वर्षको तथ्याङ्कलाई हेर्दा आयात र निर्यात दुवैमा आएको गिरावटका कारण मुलुकको वृद्धिदर ३ मा झरेको थियो, जुन सन् १९७६ (कोभिड महामारीको वर्ष बाहेक) यताकै न्यून हो ।
 
ट्रेडिङ इकोनोमिक्सका अनुसार जुन २०२३ मा चीनले २८५.३२ अर्ब अमेरिकी डलरको निर्यात गरेको थियो जुन जुलाईमा घटेर २८१.७६ अर्ब डलर पुगेको थियो भने जुनमा आयात २१४.७० अर्ब डलर रहेकोमा जुलाईमा २०१ अर्ब १६ करोड डलर पुगेको थियो ।
 
गत वर्षको तुलनामा जुनमा चीनको निर्यात १२.४ प्रतिशतले घटेको थियो भने आयात ६८ प्रतिशतले घटेको थियो ।
 
चीनमा के भएको हो, यसको असर के होला ?
 
कोभिड महामारीपछि अधिकांश देशले प्रतिबन्ध हटाए । त्यसपछि अहिलेसम्म खर्च गर्न रोकेका उपभोक्ताले खर्च गर्न थाले । बजारमा माग बढ्न थाल्यो र कम्पनीहरुले माग अनुसार आपूर्ति गर्न थाले ।
 
यसैबीच, युक्रेनमा रुसको आक्रमण र ऊर्जाको मूल्य बढेपछि धेरै कुराको माग तीव्र गतिमा बढ्न थाल्यो, जसको फलस्वरूप मुद्रास्फीति बढ्न थाल्यो।
 
तर चीनमा यस्तो भएको छैन । चीनमा कोभिड महामारीबाट अर्थतन्त्र बाहिर आएपछि केही समयको लागि तीव्र गतिमा अघि बढ्यो, तर त्यसपछि वस्तुको माग बढेको देखिएन । उपभोक्ता सूचकांक फेब्रुअरी २०२१ मा घट्यो । माग निरन्तर घट्दै जाँदा यो वर्षको शुरुवातमा अवस्था यति खराब बन्यो कि कम्पनीहरूलाई उत्पादन लागत पनि धान्न पनि गाह्रो हुन थालेको थियो।
 
मूल्य घटेका कारण चीनसामु न्यून वृद्धिदर जस्ता चुनौती खडा भएको विज्ञहरू बताउँछन् । चिनियाँ सरकारले बारम्बार अर्थतन्त्र नियन्त्रणमा रहेको सङ्केत दिइरहेको भए पनि हालसम्म सरकारले आर्थिक वृद्धि बढाउन प्रभावकारी कदम नचालेको केही विज्ञहरू बताउँछन् ।

6ebd95f0-3794-11ee-bde6-7ffba94c56ae
 
लगानी कम्पनी ईएफजी एसेट म्यानेजमेन्टका ड्यानियल मरेले बीबीसीलाई भने, ‘मुद्रास्फीति बढाउन कुनै खास औषधी छैन । सरकारले आफ्नो आर्थिक नीतिमा सरकारी खर्च बढाउने, कर घटाउने जस्ता उपायहरूको संयोजन ल्याउनुपर्छ।’
 
दिल्लीस्थित फोर स्कूल अफ म्यानेजमेन्टका चीन मामिलाका विशेषज्ञ प्रोफेसर फैसल अहमद यसलाई दुई तरिकाले हेर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘पहिलो त हामीले चीन मन्दीतर्फ गइरहेको छ भनेर मान्नुपर्छ, र दोस्रो भनेको चीनले जानाजानी नीतिगत रूपमा यसो गरेको हो कि होइन भनेर जान्नुपर्छ।’
 
 ‘हामीले कोभिड पछिको अर्थतन्त्रमा आएको मन्दीलाई बुझिरहेका छौँ, तर हामीले यो तथ्यलाई बेवास्ता गर्नुहुँदैन कि २०२० मा जब भारतले आत्मनिर्भर भारतको कुरा गरिरहेको थियो, चीनले त्यसअघि डूअल सर्कूलेशन नीति ल्याएको थियो।’
 
यस नयाँ नीतिबारे जानकारी दिँदै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले विदेशी मुलुकमाथिको निर्भरता घटाउने बताएका छन् । सरकारले स्वदेशभित्रको माग बढाउने र विदेशमा पनि उत्पादनको माग बढाउने काम गर्ने उनको भनाई छ ।
 
उनी भन्छन्, ‘सन् १९७८ मा देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सरकारले अर्थतन्त्रलाई निर्यातमुखी बनाउने उद्देश्यले ‘द ग्रेस सर्कुलेशन’ नामक नीति ल्याएको थियो। तर लकडाउनको स्थितिमा देशको अर्थतन्त्रमा ध्यान केन्द्रित गरियो । चीनले बुझेको छ कि निर्यातमुखी अर्थतन्त्र पर्याप्त छैन, हामीले घरेलु बजारमा पनि ध्यान केन्द्रित गर्नुपर्छ।‘
 
चीन आफैँमा ठूलो बजार हो र चिनियाँ सरकारले यो कुरा बुझेको छ ।
 
अहमद भन्छन्, ‘अहिले हामीले चीनमा जे देखिरहेका छौँ, त्यसैको असर हो । मूल्य घट्दा त्यहाँका उपभोक्तालाई सामान सस्तो हुने र घरेलु उपभोग पनि बढ्छ। घरेलु उपभोग बढ्ने क्रम रोकियो भने डिफ्लेसन प्रभावकारी उपाय हो । यसको साथ चीनले डूअल सर्कूलेसन नीति अन्तर्गत आफ्नो घरेलु बजारमा ध्यान केन्द्रित गरिरहेको छ।‘
 
के चीन यो चुनौतीसँग लड्न सक्षम छ ?
 
चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना) ले आधिकारिक रूपमा यी चिन्ताहरूलाई पन्छ्याउँदै उपभोक्ता सूचकांक जुलाईमा न्यून भएपछि फेरि बढ्न थाल्ने अपेक्षा गरेको छ । बैंकले भनेको छ, ‘हामीले लागू गरेका नीतिहरूको प्रभाव देखिन थालेको छ। अर्थतन्त्र स्थिर हुन्छ भन्ने विश्वासका लागि धैर्यता देखाउनुपर्छ।‘
 
तर पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री जिवेई झाङले अल जजीरालाई भने, ‘सरकारले लागू गरेको नीतिहरूले चाँडै प्रभाव पार्छ कि पार्दैन भन्ने अझै स्पष्ट छैन । यसका लागि अपस्फीतिसँग लड्न सरकारले थप कदम उठाउनुपर्ने हुनसक्छ ।’

कार्नेल विश्वविद्यालयका व्यापार नीति तथा आर्थिक मामिलाका प्राध्यापक ईश्वर प्रसादले चिनियाँ अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले लगानीकर्ता र उपभोक्तामा विश्वास जगाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारले निजी क्षेत्रको विश्वास जुटाउन सक्छ कि सक्दैन भन्ने मूल विषय हो ता कि उपभोक्ताले पैसा बचत गर्नुको सट्टा खर्च गर्न थालून्, व्यवसायमा लगानी बढून् र अर्थतन्त्रले गति लिउन् । त। अहिलेसम्म केही भएको छैन । सरकारले कर कटौती जस्ता धेरै प्रभावकारी कदम चाल्न जरुरी छ ।’
 
उनी थप्छन्, ‘यदि सरकारले अपस्फीतिको खतरालाई बेवास्ता गरिरह्यो भने विकासको गति रोकिने डर छ र अर्थतन्त्र ओरालो लाग्न थाल्यो भने त्यसलाई ट्रयाकमा ल्याउन सरकारका लागि ठूलो चुनौती हुन सक्छ । ’

अर्कोतर्फ, प्रोफेसर फैसल अहमद भन्छन्, ‘डिफ्लेसनको अवस्था छोटो अवधिको नीति हो । सरकारले सन् २०२४ को मार्चसम्ममा स्थिति नियन्त्रण गर्‍यो भने यसको अर्थतन्त्र ट्रयाकमा फर्किनेछ । यसअघि घरेलु उपभोग बढ्नेछ, जसले माग बढ्छ, उत्पादन प्रभावित हुन्छ र बेरोजगारी घट्छ । यसका कारण निर्यात पनि बढ्छ । तर सरकारले स्थिति नियन्त्रण गर्न नसके चीनको समस्या मात्रै बढाउँदैन, चीनबाट आयात गर्ने देशहरूको अवस्था पनि बिग्रनेछ ।’
 
विश्वमा अपस्फीतिको प्रभाव के हुनेछ ?
 
अन्य देशको कुरा गर्ने हो भने चीनले यस्ता धेरै वस्तु उत्पादन गर्छ, जसलाई विश्वभर बेचिन्छ ।चीनमा वस्तुको मूल्य घट्यो भने चीनबाट सामान किन्ने बेलायतजस्ता देशका लागि फाइदाजनक हुनसक्छ किनभने यसले आयातको बिल घटाउँछ ।

तर यसले चीनको सस्तो सामानको तुलनामा आफ्नो सामान बेच्न नसक्ने अन्य देशका उत्पादकहरूमा नकारात्मक असर पर्नेछ । यसले ती देशहरूमा लगानी घटाउन र बेरोजगारी बढाउन सक्छ।

83f684d0-3795-11ee-b7ce-eb6181af7881
 
प्रोफेसर फैसल अहमद भन्छन्, ‘चीनले आफ्नो उत्पादन सस्तो बनाएकोले यसले अन्य देशका कम्पनीहरूलाई असर पार्ने स्वभाविकै हो। जुन देशले स्वदेशभित्र उत्पादन गर्न चाहन्छन्, चीनले उनीहरुको व्यापारलाई असर गर्न सक्छ ।’
 
पछिल्ला केही वर्षमा धेरै देशले चीनबाट उत्पादन बन्द गरेर अन्य देशमा सर्ने प्रयास गरिरहेका छन् । यो मामिलामा अमेरिका अगाडि छ । सन् २०१९ मा राष्ट्रिय सुरक्षा ऐनलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन अमेरिकी व्यापारका लागि सुरक्षित ठाउँ नभएको बताएका थिए । उनले कम्पनीहरूलाई चीनबाट बाहिर निस्कन आग्रह गरे ।
 
चीनलाई यो पनि थाहा छ कि वर्तमानमा धेरै देशहरू उसलाई उत्पादनको केन्द्रको रूपमा हेर्न चाहँदैनन् । त्यसैले चीन यस्तो नीति चाहन्छ जसबाट उसको उत्पादनको लागत यति घटाउन सकोस् कि अरूको लागि आफ्नो देशमा उत्पादन गर्नुभन्दा चीनबाट आयात गर्नु नै फाइदाजनक देखियोस् ।
 
एकातिर चीनले आगामी दिनमा आपूर्ति शृङ्खलाको एउटा महत्वपूर्ण लिङ्क कायम राख्ने प्रयास गरिरहेको छ भने अर्कोतर्फ आफ्नो घरेलु बजारलाई पनि बलियो बनाउने प्रयास गरिरहेको छ ।
 
बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप