सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् एनलग फोटोग्राफी प्रदर्शनी
फिल्म इज स्टिल अलाइभ

तस्बिरमा हेर्नुहोस् एनलग फोटोग्राफी प्रदर्शनी

शनिबार, २७ साउन २०८०

ललितपुर । ललितपुरको झम्सीखेलमा शुक्रबार एनलग फोटोग्राफी प्रदर्शनी गरिएको छ । एक सातासम्म यससम्बन्धी चलाइएको वर्कशपपछि सहभागीले खिचेका एनलग प्रविधिका फोटोग्राफीहरू नै प्रदर्शनीमा राखिएको हो ।

फिल्म फाउन्ड्रीका जगदीश उपाध्यायले एक सातासम्म चलेको एनलग फोटोग्राफी अभ्यासमा सहभागीले कोरेका तस्बिरहरू नै प्रदर्शन गरिएको बताए । एनलग प्रविधि हराउँदै गएको अवस्थामा यसबारे पनि जानकारी दिनेगरी आफूहरुले काम गरेको उनको भनाइ छ।  

अहिलेको डिजिटलको युगमा  धैर्य र मिहिनेत के हो भन्नेबारे एनलग फोटोग्राफीले बुझाउने उनको भनाइ छ । फिल्म इज स्टिल अलाइभ नारा दिइएको कार्यक्रममा सहभागीले अभिरुचिका साथ एनलग फोटोग्राफीबारे जानकारी लिएका थिए । 

तस्बिरहरुः रोशन पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया