आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खिचडी-२ : १३ वर्षपछि सुप्रिया पाठक फेरि हंसाको भूमिकामा

शनिबार, २७ साउन २०८०, १५ : ४१
शनिबार, २७ साउन २०८०

मुम्बई । चलचित्र खिचडी २ यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा रिलिज हुँदैछ । रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर फिल्म निर्माताले यो जानकारी दिएका हुन् । यो चलचित्र २०१० मा आएको चलचित्र खिचडी: द मुभीको सिक्वेल हो।
 
फिल्मका लेखक-निर्देशक आशिष कपाडिया हुन् र फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। लोकप्रिय सिटकम शोका सबै पात्रहरू भिडियोमा देखिएका छन् । घोषणा भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गरिरहेकी छिन् भने हिमांशुले आफू एनआरआई नभएर एमआरआईको कुरा गरिरहेको बताउँछन् । यस भिडियोमा फराह खान पनि देखिएकी छिन् ।
 
चलचित्रमा सुप्रिया पाठक फेरि हंसाको भूमिकामा देखिनेछिन् । त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिनेछन् । जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन् । जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन् । वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन् ।
 
यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ । खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र यस शोमा आधारित चलचित्र पनि बनाइएको छ । यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए । शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप