आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोनिज स्थापना दिवसमा कैलालीमा वृक्षारोपण

शनिबार, २७ साउन २०८०, २२ : ३८
शनिबार, २७ साउन २०८०

धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४औं स्थापना दिवसको अवसरमा सुदूरपश्चिममा महुवा प्रजातिको बोट वृक्षारोपण गरिएको छ ।

फोनिज जिल्ला कार्य समिति कैलाली र कञ्चनपुरको संयुक्त आयोजना तथा फोनिज सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा शनिबार कैलालीको गौरीगंगा नगरपालिका १० नुक्लिपुरस्थित लक्ष्मी सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।
दिवसको अवसरमा ‘आदिवासी जनजाति सवाल र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि फोनिज सुदूरपश्चिम अध्यक्ष लखन चौधरीले महुवाको पर्यावरणीय महत्व मात्रै नभइ आदिवासी जनजातिको संस्कृति, संस्कार र पहिचानसँग जोडिएकोले संरक्षणमा जोड दिए ।

फोनिज स्थापनाको अन्तर्य बारेमा प्रकाश पार्दै अध्यक्ष चौधरीले भने– ‘प्रेस स्वतन्त्रको रक्षा तथा पत्रकार हक हितको लागि नेपाल पत्रकार महासंघको स्थापना हो । यद्यपि पत्रकार महासंघबाट विशिष्टिकृत रुपमा उत्पीडित वर्ग समुदाय, राज्यको मूल प्रवाहमा आउन नसकेका समुदायका पत्रकारहरुको उत्थान तथा ती समुदायको आर्थिक, सामाजिक, राजनीतिक, साांस्कृतिकलगायत सवालको उठान हुन नसक्दा फोनिजको स्थापना भएको हो ।’

fonij-day

बिट पत्रकारिताजस्तै सम्बन्धित समुदायबाट आएका पत्रकारले मात्रै सम्बन्धित समुदायको अन्तरवस्तुबारेको ज्ञान हुने भएकाले ती समुदायको सवाल तथा मुद्दाबारे गहन रुपमा उठान गर्न सक्ने भएकाले जनजाति पत्रकारले जनजजातिको सवालमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

फोनिजकी सुदूरपश्चिम महासचिव उन्नती चौधरीले राज्यको विभेदकारी नीतिका कारण जनजाति समुदायका पत्रकार तथा पत्रकारले सञ्चालन गरेको मिडियालाई टिकाउन गाह्रो रहेको बताइन् । जसकारण जनजातिको सवालहरु ओझेलमा पर्दै गएकोले जसप्रति भूमिका खेल्नुपर्ने औल्याइन् ।

फोनिज कैलालीका अध्यक्ष राम दहितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ कैलालीका अध्यक्ष दिनेश दहितले गरे ।

के हो महुवा ?

महुवा प्रायः तराईको वनमा पाइन्छ, जुन वसन्त ऋतुमा फुल्छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाको बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्छन् । सो फुल संकलन गरेर प्रशोधन गरी रक्सी बनाउने कार्यमा थारू समुदाय उहिल्यैदेखि पारङ्गत छ ।

महुवालाई शक्तिवद्र्धक जडीबुटीको रूपमा लिइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप