आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीका दुई छोरीहरु बालकोट पुगेपछि...

आइतबार, २८ साउन २०८०, ११ : ४०
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दुई बालिकासँग रमाइरहेको तस्बिर सार्वजनिक गरे । त्यसमा ओलीले लेखे–शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्। आज पनि आएका थिए।  बालाई  भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन ।’

सो क्रममा घरमा रहेको आमासँग भिडियो कल गराएको ओलीले उल्लेख गरेका छन् । ‘उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्,’ ओलीको भनाइ छ ।

ओलीले अर्को महिनामा लुगा किन्न जाने कुरो भएको उल्लेख गर्दै उनीहरु खुशी भएको बताएका छन् ।  ओलीले उनीहरुको शिक्षाका लागि भिभावकत्व लिएका छन् । २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी जाँदा ओली र उनकी पत्नी राधिका शाक्यले ठिन्ले  र छिरिङको अभिभावकत्व ग्रहण गरेका थिए ।

केहीसमय उनीहरु त्यही पढेपनि विद्यालय अनियमित भएपछि ओलीले राजधानी ल्याएर पढाउँदै आएका छन् । काठमाडौँको एक आवासीय विद्यालयमा उनीहरुलाई पठनपाठनको व्यवस्था मिलाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप