आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेष अभियानलाई सफल बनाउन माओवादीले प्रवासबाट १५ लाख उठाउने, कुन क्षेत्रबाट कति ?

आइतबार, २८ साउन २०८०, १२ : १३
आइतबार, २८ साउन २०८०

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय गरेको छ । शुक्रवार नवनियुक्त प्रवास कमिटी इन्चार्ज सुरेन्द्र कार्कीको अध्यक्षतामा बसेको जुम बैठकले विविध निर्णय गर्दै अभियान सफल बनाउन बजेटको व्यवस्था गरेको हो । 

दक्षिण क्षेत्रबाहेका ५ क्षेत्रीय समितिहरूलाई कोटा निर्धारण गरिएको केन्द्रीय सदस्य एवं सहइन्चार्ज लक्ष्मण पन्तले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार पार्टीको विशेष अभियानमा सम्भव भएसम्म भौतिक रूपमै उपस्थित भएर सफल बनाउन बैठकले आह्वान गरेको छ । 

‘पार्टीले सञ्चालन गर्ने विशेष अभियानलाई सफल बनाउन हामीले १५ लाख जम्मा गर्ने निर्णय गरेका छौँ । दक्षिण एशियाबाहेका पाँच क्षेत्रबाट तीन–तीन लाख रकम सङ्कलन गरी कोषमा जम्मा गर्नेर्छौँ। दक्षिण एशियाको भारतबाट बिदा लिएर धेरैभन्दा धेरैको सहभागिता हुने निर्णय भएको छ’, उनले भने । 

माओवादी केन्द्रको भारतमा अखिल भारत नेपाली एकता मञ्च नामक कमिटी छ । उनीहरूलाई बिदा लिएर भौतिक रूपमै अभियानमा उपस्थिति जनाउन आह्वान गरेको हो । 

यसबाहेकबाहेक अन्य देशमा नेपाली जनप्रगतीशील मञ्च क्रियाशील रहेका छन् । जसअनुसार दक्षिण पूर्व एशिया, पश्चिम एशिया, अमेरिकाज्, युरोप, ओसोनिया गरी ५ वटा क्षेत्र निर्धारण गरी कमिटी बनाइएको छ । ती प्रदेशबाट तीन/तीन लाख रकम सङ्कलन गर्ने निर्णय गरेको हो । 

गत साउन (१७–२१)सम्म राजधानी काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी रूपान्तरणका लागि सबै केन्द्रीय समितिको अन्तरजिल्लामा कार्यभार हेरफेर गरी ६ हजार ७४३ वडामा खटाउने निर्णय  गरेको थियो ।

भौगोलिक रूपमा सात वटा मात्र प्रदेश भएकाले गैर भौगोलिक प्रदेश कमिटी उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवासका केन्द्रीय सदस्यहरू जुन प्रदेशका हुन् त्यही प्रदेशको पालिका हेर्नेगरी कार्यविभाजन गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप