आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

ओली भन्छन्– ३३ किलो सुनबारे सरकारले छानबिन गर्न सक्छ

आइतबार, २८ साउन २०८०, १३ : ४५
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताएका छन् । 

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको बताए । ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ’, ओलीले भने,  ‘हामीले छानबिन समिति बनायौँ, त सुन भेटिएन । केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ ।’

‘उनीहरूमाथि छानबिन समिति बनाएर कानुनको कठघरमा ल्यायौ । सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गरोस्’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई सरकारमा जाने चिन्ता नभएको भन्दै चिन्ता देशको रहेको बताए । ‘अहिले देशको अवस्था कुन अवस्थामा छ ?’, ओलीको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप