आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनील शर्माबारे ओली : यस्ता कुरामा के देश छोडेर जाला ?

आइतबार, २८ साउन २०८०, १३ : ५९
आइतबार, २८ साउन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका नाममा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माको बचाउमा उत्रेका छन् । आइतबार पार्टी कार्यालयमा एमालेले गरेको पत्रकार सम्मेलनमा उनले शर्माको बचाउ गर्दै के सुनील शर्मा देशै छोडेर जान लागेका थिए र ? भन्दै प्रश्न गरे । 

उनले शर्माबारे आफूले छानबिन हुनुपर्दैन नभनेको पनि बताए । ‘छानबिन नगर भनेको त होइन, तर अदालतले त तुरुन्छ छोडनु भन्यो त । समाउनै नहुने थियो’, ओलीको भनाइ छ ।  उनले एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको पनि बताए ।

‘के सुनील शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ? अनि हतारहतार उसलाई गिरफ्तार गरेर उसलाई कारबाही गर्नुपर्ला ?’, ओलीको प्रश्न छ । शर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेर शुक्रबार छाडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप