आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् हेरफेर

मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

आइतबार, २८ साउन २०८०, १५ : ५२
आइतबार, २८ साउन २०८०

काठमाडौँ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । 

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । 

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् । 

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप