आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले बढ्यो, कारोबारको पहिलो दिन  घोराही सिमेन्टलाई झट्का

आइतबार, २८ साउन २०८०, १६ : ०१
आइतबार, २८ साउन २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको हो । 

यस्तै आज कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको ९७ करोड १८ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

यस दिन फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनानस र अन्य उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । 

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज मात्र दोस्रो बजारमा कारोबार शुरु भएको घोराही सिमेन्टको मूल्यमा ९.९९ प्रतिशतले गिरावट आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप