आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान सुरु

आइतबार, २८ साउन २०८०, १९ : ५०
आइतबार, २८ साउन २०८०

काठमाडौँ । पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको हटाएको शालिक पुनःस्थापना अभियान सुरु भएको छ ।

महानगरले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । 

बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । फेरि शुक्रबार महानगरले हटाएको बताइएको छ ।  

फेरि पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान सुरु गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'वर्षातको समेत परवाह नगरी पोखराको पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना अभियान प्रारम्भ भएको छ । यस अभियानमा समर्थन र ऐक्यबद्धता प्रकट गर्दछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप