आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

आइतबार, २८ साउन २०८०, २३ : ३५
आइतबार, २८ साउन २०८०

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज बेलुका ९ः१५ बजे सतर्कता तह पार गरेको हो ।

देवघाटको जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । 

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ ।
 
नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडाहरू डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप