आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार, २९ साउन २०८०, १० : ४९
सोमबार, २९ साउन २०८०

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घले आज चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भइरहेको जनाएको छ । जुन, हिजो आइतबारकै कारोबार मूल्य हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप