चिया पसलमा जुवातास खेल्ने पाँच जना पक्राउ
सोमबार, २९ साउन २०८०, १२ : ११
काठमाडौँ । काठमाडौँमा एक चिया पसलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।