आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस संसदीय दल बैठक

कांग्रेसले भन्यो– सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ

सोमबार, २९ साउन २०८०, १४ : ०४
सोमबार, २९ साउन २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ । 

सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि बैठकमा बोल्दै सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका थिए । 

देउवाले तस्करी रोक्न भए पनि कर तिरेर  खुला गर्ने व्यवस्था गर्नुपर्ने बताए। ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ थियो । उनले  नेताहरूको आलोचना गर्न पाइने पनि बताए। तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप