एमाले–कांग्रेस आन्तरिक बैठकमा, प्रतिनिधिसभा बैठक अझै सुरु भएन
काठमाडौँ । १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई बज्दा समेत सुरु हुन सकेको छैन । यता प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै बैठकमा व्यस्त भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा व्यस्त छ भने नेकपा एमाले सचिवालय बैठकमा व्यस्त छ । कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेका बेला एमाले सचिवालय बैठक भने पार्टी कार्यालय च्यासलमा बसिरहेको छ ।
संसद सचिवालयका कर्मचारीका अनुुसार बैठक १ बजे बस्ने भनिएपनि प्रमुख राजनीतिक दलहरु आआफ्नै बैठकमा व्यस्त भएकाले ढिलाई भएको बताउँछन् ।
तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १० यता सदन अवरुद्ध गर्दै आएको छ । उसले आयोग गठनलाई प्रमुख मुद्दा बनाएपछि चल्न नसकेको सदन सरकारकै कारण अवरोध भएको दाबी समेत गर्ने गरेको छ ।