आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सचिवालय बैठकको निर्णय

एमाले प्रदेश अधिवेशनको मिति हेरफेर, कुन प्रदेशको कहिले ?

सोमबार, २९ साउन २०८०, १४ : ४१
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि सातवटै प्रदेशको अधिवेशन मिति टुंगो लगाएको छ । 

सोमबार एमाले पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रदेश अधिवेशनहरु भदौ १६ देखि असोज २२ गतेसम्मलाई तोकेको हो । 

एमाले सचिव योगेश भट्टराईका अनुसार सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ बाट सुरु गरी असोज २२ गतेसम्म सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने गरी प्रदेश कमिटीको अधिवेशन मिति तय भएको हो । 

सचिव भट्टराईका अनुसार लुम्बिनी प्रदेशको अधिवेशन सबैभन्दा पहिला भदौ १६,१७ हुनेछ भने सुदूरपश्चिम प्रदेशको अधिवेशन सबैभन्दा पछि असोज २१ र २२ मा हुनेछ । 

यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेशको अधिवेशनको मिति तय भएको छ । असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश तथा १९ र २० गते उपत्यका विशेष प्रदेशको अधिवेशन मिति तोकिएको सचिव भट्टराईले जनाएका छन् । 

प्रदेशहरुको अधिवेशन उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमालेले प्रदेश अधिवेशनमा प्रदेश कमिटी अध्यक्षदेखि सदस्यसम्म प्रतिनिधि चुनिएर आउनुपर्ने मापदण्ड बनाएको छ । अधिवेशनमार्फत एमालेले यसअघि भद्दा र ठुला रहेका कमिटीहरू छरितो बनाउने दाबी गरेको छ ।  यसअघि भदौ महिनाभित्र अधिवेशन सक्न एमालेले प्रदेश कमिटीहरुलाई निर्देशन दिएको थियो ।

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप