आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिनिधिसभा बैठक : सभामुखले सांसद शर्मालाई बोल्न दिए, एमाले सांसद उठेरै सुने

सोमबार, २९ साउन २०८०, १५ : ००
सोमबार, २९ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो सुरु भएको सोमबारको बैठकमा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आसनबाट उठेका थिए ।

एमाले सांसदहरु उठेपछि सभामुखले कांग्रेस सांसद सुनीलकुमार शर्मालाई संक्षिप्तमा बोल्न समय दिए र अरु सांसदलाई बस्न अनुरोध गरे । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे । 

कांग्रेस सांसद शर्माले आफ्नो कुरा राख्ने क्रममा राज्यसत्ताले विना पुर्जी पक्राउ गरेको भन्दै पक्राउ गरेपछि पनि आफूमाथि दुर्व्यवहार भएको गुनासो गरे । त्यसक्रममा उनले आफ्नो पक्षमा बोलिदिने सबै पार्टीका सांसदहरुलाई धन्यवाद व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप