आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी विशेष अभियान : तीन चरणमा के के गर्दैछ ?

सोमबार, २९ साउन २०८०, १५ : १७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले तीन चरणमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

भर्खर सकिएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार पहिलो चारणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माणमा ध्यान दिएको छ । 

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया र टोलटोलमा भेला, प्रशिक्षण गर्ने रहेको छ । 

तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनपरिचालन गर्ने तथा सुशासन र समृद्धिको पक्षमा सरकारले गरेको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम तय गरेको छ । 

बैठकले आगामी भदौ १६ गते भव्य समारोहका बीच ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने निर्णय गरेको छ । अभियानको कार्यविधि, योजना, लक्ष्य निर्धारण गरी माओवादीले मातहतका कमिटीलाई सर्कुलर जारी गरेको छ । 

यस्तो छ तीन चरणको अभियान

पहिलो चरण: बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र  प्रचारसँग संबन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन,  पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष  निर्माण,  

दोस्रो चरण: पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी,  जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ  संस्थाहरुसँग अन्तरक्रिया,  

तेस्रो चरण: जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र  सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप