आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

सोमबार, २९ साउन २०८०, १७ : ५१
सोमबार, २९ साउन २०८०

काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार समयमा बढेर २०९३ अंकसम्म पुगेपनि अन्तिममा ओरालो लाग्दै ३.६१ अंकको गिरावटसँगै बन्द भएको हो ।

०.१७ प्रतिशतले गिरावटसँगै २०७७ अंकमा पुगेर परिसूचक रोकिएको छ । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

आज सामान्य अंकले परिसूचक घट्दा २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५४ लाख १७ लाख कित्ता सेयर किनबेच भएको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य समेत ९.९७ प्रतिशतले बढेको छ ।

आज बैंक समूहको सूचक ६.८७ अंकले र विकास बैंक समूहको सूचक १.१३ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ३७ अंकले र लघुवित्त समूहको सूचक १४ अंकले बढेको छ । यस्तै, म्यूचुअल फण्ड समूहको सूचक ०.०८ अंकले बढेको छ ।

यसबाहेक, आज निर्जीवन बीमा समूहको सूचक १०६ अंकले र होटल र टुरिजम समूहको सूचक ९२ अंकले घट्दा जलविद्युत समूहको ३६ अंकले घटेको छ । यस्तै, व्यापार समूहको सूचक ४१ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप