आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया लघुवित्तको खुद नाफा ३० करोड रुपैयाँ

सोमबार, २९ साउन २०८०, १५ : ५६
सोमबार, २९ साउन २०८०

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रैमास सम्ममा कूल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पुर्‍याएको जनाएको हो । प्रति शेयर आम्दानी रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीको भनाई छ । 

यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पुँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्‍याउन सफल भएको छ । त्यसै गरी वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४.६४% मा सीमित राख्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप