आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद् हाईज्याक भयो : सभापति लामिछाने

सोमबार, २९ साउन २०८०, १६ : ११
सोमबार, २९ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए । यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए ।

यसअघि पनि लामिछानेले सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । रास्वपा सांसदहरूले विरोधका रूपमा यसअघि संसद् भवनबाहिर नै संसद् बैठकको अभ्यास गरेर आफ्नो धारणा राखेका थिए । पार्टीले संसद् अवरुद्ध भएको समयको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।

एमाले सांसदहरूले सोमबार पनि अवरोधलाई जारी राखेपछि सभामुखले भदौ ३ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप