आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

एमालेको प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण

सोमबार, २९ साउन २०८०, १७ : ०८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ ।

 यस्तै कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय पनि गरेको प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरिएको उनको भनाइ छ ।   

एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी,    असोज ५–६ मा मधेश,  असोज ८–९ मा बागमती,  असोज १०–११ मा कर्णाली,  असोज १२–१३ मा कोशी,  असोज १५–१६ मा गण्डकी,  असोज १९–२० मा उपत्यका विशेष र  असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप