आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई हल तान्न कलेज प्रचारमा ‘जय हो’

सोमबार, २९ साउन २०८०, १८ : ११
सोमबार, २९ साउन २०८०

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको प्रचार कलेज केन्द्रित हुन थालेका छन् । कलेजका विद्यार्थीलाई हलमा बोलाउन सकियो भने फिल्मको व्यवसाय राम्रो हुने सोचका साथ निर्माण युनिट कलेज प्रचारमा पुग्ने गरेका छन् ।

यस्तैमा आगामी भदौ ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ पनि सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा पुगेर फिल्मको प्रचार गरेको छ । केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।

कार्यक्रममा कलाकार केकी र सलोन विद्यार्थीलाई फिल्म हेर्न अनुरोध गर्दै अन्तर्क्रिया समेत गरेका छन् । सोही अवसरमा कलेज विद्यार्थीले कलाकार केसी र सलोनलाई फिल्म हेर्ने बचन समेत दिएका छन् ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले शिक्षाका लागि परिचित जेभियरमा पुगेर फिल्म प्रचार गर्न पाउँदा खुसी लागेको बताए ।

फिल्ममा केकी  र सलोनको अलवा अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी लगायतको अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप