आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरव रिसाललाई घरमै पुगेर ओलीले दिए जन्मदिनको शुभकामना

सोमबार, २९ साउन २०८०, २१ : ०४
सोमबार, २९ साउन २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ पत्रकार (९६ वर्षीय) भैरव रिसाललाई घरमै पुगेर जन्मदिनको शुभकामना दिएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुकपेजमा रिसाललाई भेटेको तस्बिर राख्दै उनको घरमै पुगेर ९६ औं जन्मदिनको  शुभकामना दिने अवसर मिलेको जनाएका छन् । 

‘त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन । समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो । भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो’, ओलीले भनेका छन्, ‘पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नुभयो । आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।’ 

साथै उनले भेटमा केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरेको स्मरण गरेका छन् । ‘उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो । उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु’, ओलीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप