आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्युचुअल फन्डमा देखियो तीव्र आकर्षण, ३१ अंकले नेप्से घट्दा २ अर्ब १५ करोडको कारोबार

मङ्गलबार, ३० साउन २०८०, १५ : १९
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ३१.८० अंकले घट्दै २ हजार ४५.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा आज दोब्बर अंकले नै घट्न पुगेको हो । 

उसो त आज कारोबार रकम समेत घटेर २ अर्ब १५ करोड ७३ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १४ अंकले बढेको बजारमा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्डो प्रो समूहको उपसूचक ४.२६ प्रतिशतले घट्न पुगेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.३१ प्रतिशतले, फाइनान्स समूह २.२४ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक २.१५ प्रतिशतले घटेको छ । 

तर, यता आज म्युचुअल फन्डतर्फको उपसूचक भने २८.९० प्रतिशतले नै बढेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप