आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वडाअध्यक्षमाथि आक्रमण गर्नेलाई पार्टीबाट निष्कासन गर्ने एमाले कञ्चनपुरको निर्णय

मङ्गलबार, ३० साउन २०८०, १५ : ३५
मङ्गलबार, ३० साउन २०८०

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले जिल्ला कमिटी सदस्य तथा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटामाथि आक्रमणमा संलग्नलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

एमाले जिल्ला कमिटी सचिवालयको सोमबार बसेको बैठकले देवकोटामाथि आक्रमणमा संलग्न सबैलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले राष्ट्रिय युवा संघको समानान्तर कमिटी बनाउन संलग्नलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । एमालेले जिल्ला कमिटी सदस्यहरू कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्दसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । 

राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनको क्रममा देवकोटामाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणपछि देवकोटा गम्भीर घाइते भएका थिए । उनको थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ । 

आक्रमणपछि बसेको सचिवालय बैठकले २४ घण्टे स्पष्टीकरण सोधेर कारबाही गर्ने निर्णय गरेको थियो ।  

कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले जारी गरेको प्रेस वक्तव्यमा उक्त घटनामा संलग्नलाई कारवाहीका लागि प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको उल्लेख छ ।

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप