आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करीको सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?

मङ्गलबार, ३० साउन २०८०, १७ : ४७
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ ।

यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकीले पाउने पुरस्कार रकम समेत टुंगो लागेको छ । राजश्व अनुसन्धान विभागले पाएको सूचनाका आधारमा सुन सिनामंगलबाट समातिएको थियो । सुन गाल्ने र जोख्ने प्रक्रिया सम्पन्न भएसँगै सुराकीले पाउने पुरस्कार समेत टुंगो लागेको हो ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन ९संशोधन०को दफा २९ मा सुराकीले पाउने रकमको बारेमा खुलाइएको छ । सो व्यवस्थाअनुसार सुराकीले १० प्रतिशत वा ५० लाखमध्ये जुन कम हुन्छ सोही बराबरको रकम पाउनेछ ।

यस्तै, तस्करीबाट ल्याइएको उक्त सुन नेपाल राष्ट्र बैंकले नै किन्ने छ । यसका लागि राजश्व अनुसन्धान विभागलाई सो सुनको बजार मूल्यभन्दा ५ प्रतिशत बढी मूल्यको रकम दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप