आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी

बुधबार, ३१ साउन २०८०, ०९ : ३१
बुधबार, ३१ साउन २०८०

धनगढी । कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियास्थित सत्यवती एकेडेमीमा आगलागी भएको छ । बुधबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार भवनको चौथो तलामा भएको आगलागी भएको थियो । 

गोदावरी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको छ । क्षतिको पूर्ण  विवरण भने आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप