आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१९ वर्षीय रोमियोका लागि चेल्सी ५८ लाख पाउन्ड खर्चिन तयार

बुधबार, ३१ साउन २०८०, ११ : ५९
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । इङ्लिस क्लब चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायीक फुटबल खेल्छन् । 

१९ वर्षीय मिडफिल्डलाई भित्राउन इङ्ल्यान्डका दुई प्रभावशाली क्लब चेल्सी र लिभरपुलबीच चर्को प्रतिस्पर्धा चलेको थियो । चेल्सीभन्दा अगाडि लिभरपुलले रोमियोलाई भित्राउन चाहेको थियो । साउथएम्पटनले रोमियोको मूल्य ५० लाख पाउन्ड तोकेको थियो । 

उनी सन् २०२२ म्यानचेस्टर सिटीबाट साउथएम्पटनमा आबद्ध भएका हुन् । उनले म्यानचेस्टर सिटीमा एक सिजनमात्र खेलेका थिए । साउथएम्पटनले रोमियोलाई भित्राउन केवल १५ लाख पाउन्ड खर्चिएको थियो । रोमियोबाट साउथएम्पटनले निकै ठुलो नाफा कमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप