आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धमाधम खेलाडी भित्राउँदै चेल्सी

बुधबार, ३१ साउन २०८०, १२ : २५
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले क्रिस्टल प्यालेसबाट विंगर माइकल ओलिसलाई भित्राउने भएको छ । क्रिस्टल प्यालेसबाट ओलिसलाई भित्राउन चेल्सीले ३५ लाख पाउन्ड खर्चन लागेको समाचारमा जनाइएको छ । 

यो सिजन चेल्सीमा आबद्ध हुने ओलिस नवौँ खेलाडी बन्नेछन् । फ्रान्सको यू—२१ टोलीका प्रभावशाली सदस्य ओलिस सन् २०२१ मा रिडिङबाट क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् । क्रिस्टल प्यालेसले लन्डनमा जन्मिएका ओलिससँग पाँच वर्षका लागि सम्झौता गरेको थियो । 

अघिल्लो सिजनको घरेलु लिगमा ओलिसले उपलब्ध गराएको पासमा क्रिस्टिल प्यालेसका अन्य खेलाडीले ११ वटा गोल गरेका थिए । यसअघि सन् २००९ देखि सन् २०१६ सम्म ओलिस चेल्सीको युवा टोलीमा आबद्ध थिए । 

त्यसपछि चेल्सी छाडेर उनी म्यानचेस्टर सिटीको युवा टोलीमा आबद्ध भएका थिए । म्यानचेस्टर सिटीको युवा टोलीमा पनि उनले एक सिजनमात्र बिताए । त्यसपछि उनी रिडिङको युवा टोलीमा आबद्ध भएका थिए । 

उनले अघिल्लो सिजन रिडिङको सिनियर टोलीबाट ३७ खेल खेल्दै दुई गोल पनि गरेका थिए । हालसम्म पछिल्लो समय ह्यामस्ट्रिङ समस्यासँग जुधिरहेका छन् । उनी क्लबको उत्कृष्ट वर्ष खेलाडी पनि घोषित भएका थिए । 

चेल्सीले यसअघि मोइसेस काइसेडो, एक्सल डिसासी, क्रिस्टोफर एनकुनकु, निकोलस ज्याक्सन, लेस्ली युगोचुकउ, एन्जलेलो ग्याब्रियल, रोबर्ट सान्चेज र डिएगो मोरेइरालाई क्लबमा भित्राइसकेको छ । यसका अतिरिक्त चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन पनि तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायी फुटबल खेल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप