आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तीव्र

बुधबार, ३१ साउन २०८०, १८ : ३५
बुधबार, ३१ साउन २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । 

लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । 

विभिन्न समितिले अधिवेशनको तयारी गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । बुधबार प्रचारप्रसार समितिको बैठकले अधिवेशनको प्रचारप्रसारबारे छलफल गरेको छ । 

८२ हजार ३ सय ३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजारभन्दा बढी प्रतिनिधि छनोट हुने अध्यक्ष कंडेलले बताए ।   

प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने उनले जानकारी दिए ।

अध्यक्ष कंडेलका अनुसार खुल्लातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाइ महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप